चीनमा अलपत्र ४४ महिला नेपाल फकाईए « Khabarhub

चीनमा अलपत्र ४४ महिला नेपाल फकाईए


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको एक कारखानामा कार्यरत ४४ नेपाली महिलालाई नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासको सहयोगमा ती महिलालाई नेपाल फर्काइएको हो ।

चीनको ल्याओनिङ प्रान्तमा रहेको दान्दोङ रिशङ गार्मेन्टमा कार्यरत उनीहरुले सेवासुविधा नपाएको गुनासो गरेपछि नेपाल फर्काइएको हो ।

दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिबार नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ । ४१ जनालाई कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आउदैँछन् ।

दूतावासमा जुन महिनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो ती महिला गरेपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

उनीहरु वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गएको र गत मे महिनामा उक्त कारखानामा काम गर्न चीन पुगेको पाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  २ : १९ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट