धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु | Khabarhub Khabarhub

धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- काभ्रेपलाञ्चोकको धुलिखेलमा बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ ।

गोष्ठीमा बागमती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, जिल्ला न्यायाधीश तथा जिल्ला महान्याधीवक्ताहरुको सहभागिता रहेको छ ।

प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले गोष्ठीको शुभारम्भ गर्दै सुरक्षा र अपराध अनुसन्धानसँगै नागरिकहरुको सुरक्षाका बारेमा कसरी थप समृद्ध योजना निर्माण गर्न महत्वपूर्ण रहेको बताए ।

बदलिँदो परिस्थितिमा एक देशमा बसेर अर्को देशमा हुन सक्ने अपराध र त्यसको न्यूनीकरण तथा प्रविधिसँग जोडिएर हुने गरेका अपराधका बारेमा भएका अभ्यास र चुनौतीका बारेमा गोष्ठी महत्वपूर्ण हुने उनले बताए ।

त्यस्तै, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लैङ्गिक हिंसा विश्वबाटै अन्त्य गर्ने अभियान जारी रहेका बेला बामगती प्रदेश प्रहरी कार्यालयले प्रदेशभित्र भएका अपराध अनुसन्धान तथा नागरिकहरुको सुरक्षाका बारेमा समिक्षा गर्ने महत्वपूर्ण गोष्ठीले नागरिक मैत्री सेवामा सहजता आउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा साइबर अपराध, अनुसन्धानका चुनौती, संहिता कानूनको कार्यान्वयन, बागमती प्रदेशका जिल्लाहरुमा भएका अपराध र अनुसन्धानमा भएका प्रगति तथा समस्या र समाधानका उपायहरुका बारेमा छलफल गरिने बामगती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिए ।

प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रुपमा आयोजित उक्त गोष्ठीमा दस जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ताको सहाभागिता रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ४ : १७ बजे

इप्पान ‘ऊर्जा ज्योति सम्मान’ वरिष्ठ ऊर्जाविज्ञ अधिकारीलाई

काठमाडौं– यस वर्षको ‘ऊर्जा ज्योति सम्मान– २०८२’ वरिष्ठ ऊर्जाविज्ञ प्रबल

अधिकांश वाणिज्य बैंकले घटाए मुद्दतीतर्फकाे ब्याजदर

काठमाडौं– अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

१६८ छोरीलाई मुद्दती खाता उपहार

बागलुङ– बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा १६८ जना

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला !

कर्नाटक – भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट