माछापुच्छ्रे बैंकले ल्यायो फिनपोस कारोबारमा श्रव्य प्रविधि   « Khabarhub

माछापुच्छ्रे बैंकले ल्यायो फिनपोस कारोबारमा श्रव्य प्रविधि  


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डिजिटल बैंकिङमा माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पाेस मेसिनमा तत्काल भुक्तानी सूचना प्रविधिको शुभारम्भ गरेको छ ।

नेपालभरका फिनपाेस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी ( साउण्ड ) बाट पनि भुक्तानीको सुचना दिने गरी बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

अब माछापुच्छ्रे बैंकका फिनपाेस मर्चेन्टहरुले कार्ड, क्युआर(नेपाल पे वा फाेन पे र एम- स्मार्ट एनएफसी) मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनि मार्फत हुने बैंकले जानकारी गराएको छ ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने बैंककाे अपेक्षा छ ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी फिनपाेस पाेस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखी उक्त सेवा सजिलै जडान गर्न सकिने बैंकले जनाएकाे छ ।

यस बाहेक फरक फरक माध्यमहरू मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैँ तत्पर रहेको बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले नगदरहित बैकिङलाई बढवा दिँदै पहिलो डिजिटल ‘ स्मार्ट बैंक’ को रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढाइरहेकाे छ ।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : ४१ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान