छोरा पाउने अभिलाशामा बहुविवाहका घटना बढे « Khabarhub

छोरा पाउने अभिलाशामा बहुविवाहका घटना बढे


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- पछिल्लो समय सुर्खेतमा बहुविवाहका घटनाहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५/७६ मा बहुविवाह भएको भन्दै ४३ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १२ वटा मुद्दा बढी दर्ता भएको छ । प्रहरी महिला सेलका प्रहरी सहायक निरीक्षक डिला विकले छोरा मोहका कारण बहुविवाहका घटना बढेको बताए ।

छोरा नभएकै कारण दोस्रो विवाहका घटनाहरु बढेको उनको भनाइ थियो । “यो आर्थिक वर्षमा मात्र ४३ वटा घटना दर्ता हुनु भनेको दुःखद घटना हो”, उनले भने, “जसका कारण महिलाहरु नै हिंसाको सिकार भएका छन् ।”

दोस्रो विवाह गरेको भन्दै श्रीमानविरुद्ध उजुरी गर्न आएका महिलाहरुसँग कुराकानी र छलफल गर्दा छोरा नभएको कारण अर्काे श्रीमती ल्याएको खुलेको प्रहरी सहायक निरीक्षक विकले बताए ।

“बहुविवाहका अर्को महत्वपूर्ण कारण महिलाहरु आर्थिक रुपमा परनिर्भर हुनु हो”, उहाँले भन्नुभयो, “बहुविवाहजस्ता सामाजिक कुरुतीलाई रोक्न समाजका सचेत वर्ग सक्रिय भएर लाग्नुपर्छ ।” आर्थिक वर्ष २०७४/७५ मा ३१, २०७३/७४ मा ४१ र २०७२/७३ मा ३९ वटा बहुविवाह सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्ता मुद्दाहरुमा शुरुआतमा प्रहरीमा आए तापनि महिलाको सामाजिक तथा आर्थिक कारणले मेलमिलाप गर्नसमेत बाध्य हुने गरेको उनले बताए ।

महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाका निसा पौडेलले बहुविवाहका कारण महिला हिंसामा परेको बताए । विभिन्न कारणले गर्दा बहुविवाहबाट पीडित महिला उजुरी लिएर संस्थामा आउने गरेको उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ४ : ४६ बजे

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी