टी २० विश्वकपका लागि नामिबिया छनोट « Khabarhub

टी २० विश्वकपका लागि नामिबिया छनोट


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नामिबिया २०२४ को टी २० विश्वकपका लागि छनोट भएको छ । मंगलबार तान्जानियालाई ५८ रनले पराजित गर्दै नामिबियाले सन् २०२४ को टी २० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

विश्वकप छनोटमा नामिबियाको यो लगातार पाचौं जित हो । ५ जितमा १० अंक हासिल गरेको नामिबिया अंक तालिकाको शीर्ष स्थानमा रहेको छ र अब छनोटअन्तर्गत एक खेल खेल्न बाँकी रहदै विश्वकपका लागि स्थान पक्का गरेको छ ।

नामिबियाले अब बिहीबार नाइजेरियासँग खेल्ने तालिका रहेको छ ।

त्यस्तै, अब अफ्रिका क्षेत्रबाट अर्को एक स्थानका लागि युगान्डा, केन्या र जिम्बाब्वे प्रतिस्पर्धामा रहेका छन् । युगान्डा र केन्याको ४ खेलबाट समान ६ अंक रहेको छ र दुबैको सम्भावना उत्तिकै रहेको छ । अहिले रनरेटको आधारमा युगान्डा दोस्रो र केन्या तेस्रो स्थानमा रहेका छन् । त्यस्तै, टेस्ट राष्ट्र जिम्बाब्वेको ४ खेलमा ४ अंक रहेको छ । जिम्बाब्वेको पनि विश्वकप छनौटको सम्भावना कायमै रहेको छ ।

अफ्रीका छनौटबाट २ देश विश्वकपमा छनोट हुने प्रावधान छ । जसमा ७ देशले प्रतिस्पर्धा गर्दैछन् । अफ्रिका छनोटमा नामिबिया र जिम्बाब्वेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ४७ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००