महिलाले देब्रे नाक नै छेड्नुको कारण के हो ? « Khabarhub

महिलाले देब्रे नाक नै छेड्नुको कारण के हो ?


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


34.8k
Shares
  • change font
  • change font
  • change font

फुली स्त्रीजातिले नाकमा लगाउने सानो फूलको आकारको सुनको गहना हो । फुली नेपाली गहना हो । यसलाई ठाउँ अनुसार नाकफूली पनि भन्ने गरिन्छ । नेपालमा नेवार जातिबाहेक प्राय सबै जातिले लगाउने फुली एउटै प्रकारका हुन्छन् । नेपाली समाजमा आफ्ना छोरी चेलीलाई सानैमा नै नाक छेडिदिएर फुली लगाइदिने प्रचलन रहिआएको छ । 

पछिल्लो समय नाकमा फुली लगाउने र नाक छेड्ने कामलाई अनिवार्य मानिएको छैन । कसैलाई मन लागेन भने अहिले नाकनछेड्न पनिपाइन्छ तर पहिला अनिवार्य नै जस्तो थियो । 

नाकमा फुली लगाउनुको आफ्नै छुट्टै मान्यता रहेकाछन् । हिन्दु शास्त्रको पवित्रग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरूलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिनपनि सजिलो हुने धार्मिक विश्वास छ ।

नाक छेड्नुलाई चिकित्सकीय शास्त्रमा पनि राम्रो मानेको छ । नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरूको भनाई छ । तर देब्रे नाक नै छेड्नुको कारण प्रजनन अङ्गसँग जोडिएको छ । 

अर्थात् महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने हुँदा प्रजनन अङ्गमा नकारात्मक असर नपरोस् भनेर पनि देब्रे नाक नै छेडिने जानकारहरू बताउँछन् ।  

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : ४७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर