रक्सी पिएका छोराले कुट्दा बुबाको मृत्यु « Khabarhub

रक्सी पिएका छोराले कुट्दा बुबाको मृत्यु


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

रसुवा- उत्तरी रसुवामा रक्सी पिएका छोराले कुटपिट गर्दा बुबाको मत्यु भएको छ । रक्सी पिएका छोराले गए राति बुबामाथि कुटपिट गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका ५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको हो ।

निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षणका लागि शव रसुवा अस्पताल पुर्‍याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  २ : ०१ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ