लागूऔषध दुर्व्यसन नियन्त्रणमा सबै लाग्नुपर्छ : गृहमन्त्री  « Khabarhub

लागूऔषध दुर्व्यसन नियन्त्रणमा सबै लाग्नुपर्छ : गृहमन्त्री 


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषध दुर्व्यसन नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् । 

नारायणी नदी किनारमा सञ्चालित ‘चितवन नारायणी महोत्सव’ को आज समापन गर्दै मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्र लागूऔषध नियन्त्रणमा सँगसँगै अघि बढ्नु पर्ने बताए। उनले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै त्यसको प्रशंसा गरे।

रिकभरिङ युनाइटेड प्रालि र औद्योगिक शान्ति नेपालको आयोजनामा यही मङ्सिर ६ गतेदेखि सुरु भएको महोत्सव आज सम्पन्न भएको हो ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुमनारायण श्रेष्ठले दैनिक लागूऔषध दुर्व्यसनी बढेकामा चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रम नियमितरूपमा आयोजना गर्नुपर्नेमा जोड दिएका छन् ।

लागूऔषध तथा मद्यपान प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठका अनुसार महोत्सवमा अटोमोबिल, कृषि तथा हस्तकला सामग्रीका कक्ष राखिएका थिए । 

निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुर्व्यसनीविरुद्ध चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ५ : ४० बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको