लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु « Khabarhub

लस भेगासमा गोली चल्दा २ जनाको मृत्यु


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस– लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । स्थानीय  समाचार च्यानलले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार स्थानीय समय साँझ ५:३४ मा गोली चलेको हो।

प्रहरीले गोलीबारीमा मारिएका दुई जनाको चोटपटकबाट मृत्यु भएको खुलासा गरेको छ भने अन्य तीनजनालाई चोटपटक लागे पनि खतरामुक्त रहेको बताएको छ । लस भेगास महानगरीय प्रहरी विभागका प्रवक्ताले पीडितहरूलाई घरविहीन  व्यक्ति भएको उल्लेख गरेको छ ।

यसै बीच, एबिसी समाचार च्यानलले लस भेगासमा शुक्रबारको गोलीबारी लस एन्जलसका हालैका घटनाहरूसँग सम्बन्धित नभएको बताएको छ । सो घटनामा घरबारविहीनहरूलाई गोली हानेर मारिएको थियो र सम्भावित सिरियल किलरले लक्षित गरेको हुनसक्ने प्रक्षेपण गरिएको छ ।

ती तीनजना पीडितहरू फुटपाथमा एक्लै सुतिरहेका बताइएको छ ।आक्रमणकारी अझै फरार छन्।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ६ : ०८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल