अदालतले धरौटीमा छाड्न आदेश दिएका कोही पनि छुटेनन् | Khabarhub Khabarhub

अदालतले धरौटीमा छाड्न आदेश दिएका कोही पनि छुटेनन्


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश दिएका ७ जना प्रतिवादी आज पनि छुटेनन् ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलले ७ जना प्रतिवादीलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

प्रतिवादीहरू हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको थियो ।

अदालतले हरिभक्तसँग १५ लाख, शमशेर र नरेन्द्रसँग १०-१० लाख रुपैयाँ धरौटी मागेको थियो । पुर्पक्षको लागि थुनामा रहेका आशिष बुढाथोकीलाई पनि साधारण तारेखमा राख्न उच्चले आदेश दिएको थियो ।

धरौटी माग भएका मध्य तीन जनाले उल्लेखित धरौटी बुझाए पनि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएको हुनाले थुनामै राखिएको केन्द्रीय कारागार स्रोतले जानकारी दिएको छ । साधारण तारेखमा छोड्न आदेश दिएका आशिष बुढाथोकीलाई पनि  अख्तियार र सम्पत्ति शुद्धीकरणमा बुझाइनेछ ।

आइतबार उनीहरूलाई तारेखका लागी कारागार प्रशासनले जिल्ला अदालतमा उपस्थित गराएको थियो । कार्यालय समय सकिएको हुनाले उनीहरूलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित नभएका हुन् । उनीहरु भोलि सम्पत्ति शुद्धीकरण र अख्तियारमा जानेछन् ।

साधारण तारेखमा छोड्न आदेश दिएकालाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउनुपर्ने भएका कारण नछुटेको कारागार स्रोतले बताएको छ ।

उच्च अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ । उनीहरूले भने धरौटी बुझाएका छैनन् ।

यो पनि…

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ०२ बजे

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम