सिरिजको अन्तिम खेलमा अस्ट्रेलिया भारतसँग ६ रनले पराजित « Khabarhub

सिरिजको अन्तिम खेलमा अस्ट्रेलिया भारतसँग ६ रनले पराजित


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले घरेलु मैदानमा भएको अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज ४–१ ले जितेको छ । एक खेल अगाडि नै सिरिज जितेको भारतले अन्तिम खेलमा ६ रनले अस्ट्रेलियालाई पराजित गर्दै ४–१ को जित निकालेको हो ।

सिरिजको अन्तिम खेलको अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया ६ रनले पराजित भएको हो । अस्ट्रेलियाले तेस्रो खेल जित्दा भारतले भने पहिलो, दोस्रो र चौथो खेल जित्दै सिरिज जितेको थियो ।

अन्तिम खेलमा आइतबार भारतले दिएको १६१ रनको मध्यम लक्ष्य पूरा गर्न अस्ट्रेलिया चुकेको हो ।

अन्तिम ओभरमा अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले दुई बल डट खेले । अर्शदीप सिंहको तेस्रो बलमा उनी श्रेयस अय्यरबाट क्याच भए । उनले १५ बलमा २२ रन जोडेका थिए।

कप्तान वेड आउट भएपछि अन्तिम तीन बलमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया आठ विकेटको क्षतिमा १५४ रनमा समेटियो । अस्ट्रेलियाका बेन म्याकडरमटले ५४ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन ।

अस्ट्रेलियाको इनिङ धराप पार्न बलिङमा भारतका मुकेश कुमारले ३, अर्शदीप सिंह र रवी विश्नोइले २–२ विकेट लिए ।

टस जितेको अस्ट्रेलियाले फिल्ड रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । भारतका लागि श्रेयष अय्रले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : ३९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका