एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश « Khabarhub

एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार गरिरहेको छ । भारतमा विभिन्न रेकर्ड राखेको यस फिल्मले विदेशमा पनि सोही रफ्तारलाई निरन्तरता दिएको छ । अमेरिका र क्यानडामा पनि यस फिल्मको व्यापार राम्रो भएको बताइएको छ ।

सन्दीप भंगाले निर्देशन गरेको यस फिल्मले पहिलो दिनै शानदार ‘ओपनिङ’ गरेको थियो । ‘प्रदर्शनको दोस्रो दिन भारतमा सबैभन्दा व्यापार’ गर्ने चलचित्रको रेकर्ड एनिमलले नै बनायो ।

तेस्रो दिन पनि एनिमलले उत्कृष्ट व्यापार गरेको छ । त्यससँगै यो तीन दिनमै ‘२ सय करोड क्लब’मा प्रवेश गर्ने दोस्रो फिल्म बनेको छ । यसभन्दा अघि शाहरुख खानको जवान फिल्म तीन दिनमै २ सय करोड व्यापार गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार १०० करोड भारतीय रुपैयाँमा बनेको यस फिल्मले पहिलो दिन ६३ करोड ८० लाख कमाएको थियो ।

रेकर्ड ब्रेक गर्दै दोस्रो दिन ६६ करोड ७० लाखको व्यापार गर्‍याे  । सुरुवाती दुई दिनको व्यापारलाई तुलना गर्दै एनिमले पठानलाई समेत पछि पारेको छ । त्यस्तै तेस्रो दिन अर्थात् आइतबार राति ९ बजेसम्म एनिमलले ७० करोडको व्यापार गरेको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ११ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट