टिकटक चलाउन दिने प्रधानमन्त्रीको आश्वासन « Khabarhub

टिकटक चलाउन दिने प्रधानमन्त्रीको आश्वासन


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा हुने संकेत गरेका छन् ।

आफ्नो चाहनाले मात्र नभई केपी शर्मा ओली र शेरबहादुर देउवाको जोडबलका कारण सरकारले टिकटकमा रोक लगाएको प्रधानमन्त्री दाहालले बताए ।

सोमबार साँझ सिंहदरबारमा विभिन्न सञ्चार माध्यममा सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले भने, ‘पार्टीहरुको बैठक बस्यो कि विपक्षी दलका नेता केपी ओलीले टिकटक कहिले बन्द गर्ने, यसले देश खत्तम पार्‍यो भनेको भन्यै गर्ने । कांग्रेस सभापतिले पनि टिकटक बन्द गर्न किन ढीलो गरेको भन्ने । मैले दुई महिनासम्म त रोकें, तर भनेको भन्यै गरेपछि बन्द गरियो ।’

टिकटकले अलिकति विसंगति भित्र्याएकै छ जस्तो आफूलाई पनि लागेको प्रधानमन्त्री दाहालले सुनाए । आफ्नै घरभित्र पनि त्यस्तो देखिएको बताउँदै उनले भने, ‘अलिकति विसंगति त भित्रिएकै छ भन्ने मलाई पनि लाग्यो । नाति-नातिनाहरु खाली टिकटकमा….।’

सरकारले टिकटक बन्द गर्दा जनतामा भने खुशी नै छाएको प्रधानमन्त्री दाहालले दाबी गरे । तर, नागरिक समाज र पत्रकारहरुको सुझावलाई ख्याल गर्दै सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन बनाएर टिकटकलाई नियमन गरिने उनले बताए । प्रधानमन्त्रीले भने, ‘अहिले बन्द गर्नुपरेकाले गरियो, अब नियमनसहित खोल्न सकिन्छ ।’

यो पनि…

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : १२ बजे

कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा

विराटनगर – कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री

निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं– संसदीय समितिले निर्वाचन प्रहरीको पोशाक एवं अन्य सामग्री खरिद

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

सिरहा– पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र