पासोमा फसेको चितुवाको उद्धार « Khabarhub

पासोमा फसेको चितुवाको उद्धार


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ प्रगति महिला सामुदायिक वनमा शिकारीले बदेल मार्नका लागि थापेको पासोमा परेको चितुवाको १८ घण्टापछि आज उद्धार गरिएको छ । हिजो साँझ चोर शिकारीले थापेको पासोमा चितुवा परेको हो ।

चितुवालाई बेहोस (डार्ट) गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले उद्धार गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए । उद्धार गरिएको चितुवालाई निकुञ्जको सुरक्षित स्थानमा छाडिएको छ । पासोमा फसेको भाले वयस्क अवस्थाको चितुवा रहेको छ ।

गतवर्ष शिकारीले बदेल मार्न थापेको पासोमा परेर यसै क्षेत्रमा दुई वटा चितुवा मृत अवस्थामा फेला परेका थिए । चुरे क्षेत्र नजिकका सामुदायिक वन चितुवाको वासस्थानका रुपमा रहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ८ : ५० बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले