के हत्केला चिलाउँदा पैसा आउँछ ?   « Khabarhub

के हत्केला चिलाउँदा पैसा आउँछ ?  


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा हत्केला चिलाउँदा पैसा आउँछ भन्ने परम्परागत भनाइ छ । विशेषगरी दाहिने हात चिलाउँदा पैसा जाने र देब्रे हात चिलाउँदा पैसा आउने धारणा छ ।

तर चिकित्सकहरू भने बारबार हत्केला चिलाउनु छालालगायतको स्वास्थ्य समस्या हुन सक्ने बताउँछन् ।

हत्केला शरीरको संवेदनशील अङ्गमध्ये एक हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्ने चिकित्सकहरू बताउँछन् ।

हत्केला चिलाउनु पैसा आउने र जाने नभइ छालाका कोषहरूको तीव्र वृद्धि भई छालाको सतहमा जम्मा हुँदा हत्केला चिलाउने चिकित्सकहरू बताउँछन् ।

अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि सङ्केत हुन सक्ने चिकित्सक बताउँछन् । मधुमेह र छालाको समस्या एक अर्कामा सम्बन्धित रहन्छ ।

यस्तै कलेजोमा गम्भीर समस्या आउँदा पति छालाको कोषहरू तीव्र वृद्धि भएमा हत्केला चिलाउन सक्छ ।

हत्केला चिलाउँदा हत्केला सफा र सुख्खा राख्ने, धुँदा पनि हत्केला बेस्सरी मिचेर वा रगडेर नधुने, लोसनहरू लगाइ राख्ने गर्नुपर्छ । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : १६ बजे

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६