स्वरसम्राट नारायण गोपालको आज ३३औँ स्मृति दिवस | Khabarhub Khabarhub

स्वरसम्राट नारायण गोपालको आज ३३औँ स्मृति दिवस


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वरसम्राट नारायण गोपालको ३३औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो । उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।

वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले थुप्रै कालजयी गीत गाएका छन् ।

उनका ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘झरेको पात झैँ भयो जिन्दगी’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘केही मीठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ जस्ता गीतहरू चर्चित छन् ।

यसैबीच, नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त)वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आज विशेष कार्यक्रम गरी सो सम्मान दिन लागेको हो ।

कोषकी अध्यक्ष उषा शेरचनले दिएको जानकारी अनुसार तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब ६ दशक समर्पित भएबापत सो सम्मान दिइने भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १२ : ०७ बजे

प्रधानमन्त्रीलाई मोदीको आश्वासन- नेपाली जनताको प्रगतिमा भारतको सधैँ साथ छ

काठमाडौँ- गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेयता

राजेन्द्र लिङ्देनले भने- जेन-जी आन्दोलनमा दमन गर्नेलाई कडा कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेन-जी आन्दोलनमा दमन गर्नेहरूलाई

पहिरोका कारण बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी– म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ

प्रचण्डको जिकिर- माओवादीले अधुरै छाडेका एजेन्डालाई जेन-जीहरूले बोकिदिए

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको

राजदूतप्रति कटाक्ष गर्दै ट्रम्पकी विश्वासपात्र भन्छिन्- नेपालमा आन्दोलन हुनुको कारण यूएसएडप्रेरित भ्रष्टाचार

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी विश्वासपात्र एवम् दक्षिणपन्थी अभियन्ता लउरा