बिदा भए ‘सीआईडीका इन्स्पेक्टर’ दिनेश « Khabarhub

बिदा भए ‘सीआईडीका इन्स्पेक्टर’ दिनेश


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित भारतीय टेलिसिरियल ‘सीआईडी’मा इन्स्पेक्टर फ्रेडिक्सको भूमिकामा देखिने कलाकार दिनेश फडनिस निधन भएको छ ।

भारतीय सञ्चार माध्यम टाइमस् अफ इन्डियाका अनुसार दिनेशमा नजिकका साथी दयानन्द शेट्टीले उनले मंगलबार बिहान १२ः०८ मा निधन भएको पुष्टि गरेका छन् । 

हृदयघातका कारण पछिल्लो सातादेखि मुम्बईको तुङ्गा दिनेश आईसीयूमा उपचाररत थिए । ५७ वर्षको उमेरमा उनले उपचारकै क्रममा यस संसारबाट बिदा लिएका हुन् । 

दयानन्दका अनुसार उनको अन्तिम संस्कार दौलदमा गरिनेछ । दिनेश पछिल्लो समय कलेजो खराबीको समस्याबाटसमेत ग्रसित थिए । 

को हुन् दिनेश ?
भारतको चर्चित क्राइम टेलिसिरियल ‘सीआईडी’मा इन्स्पेक्टर फ्रेडिक्स भूमिकामा देखिँदै आएका थिए । यस सिरियलको नेपालमा पनि उल्लेखनीय सङ्ख्यामा दर्शक छन् । दिनेश पनि नेपाली दर्शकमाझ लोकप्रिय छन् । उनको निधनमा नेपाली दर्शकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । 

उनी सीआईडीमा २५ वर्ष पहिला अर्थात १९९८ मा जोडिएका हुन् । उनी २०१८ बाट भने यस सिरियलबाट विश्राम लिएका थिए । उनले भारतको अर्को चर्चित सिरियल ‘तारक मेहताका उल्टा चस्मा’समेत ‘केमियो’ भूमिकामा देखिएका थिए । त्यस्तै उनले केही फिल्ममा समेत काम गरेका थिए । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार