रेकर्ड ब्रेक गर्दै ५०० करोड क्लब प्रवेश गर्ने दाउमा रणवीरको ‘एनिमल’ « Khabarhub

रेकर्ड ब्रेक गर्दै ५०० करोड क्लब प्रवेश गर्ने दाउमा रणवीरको ‘एनिमल’


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रणवीर कपुरको मुख्य अभिनय रहेको फिल्म ‘एनिमल’ ले ४ सय करोड भारुको आँकडा पार गरेको छ । प्रदर्शनमा आएको पाँच दिनमा यो फिल्मले घरेलु बजारमा २८० र विदेशमा १२१ करोडको व्यापार गरेको छ ।

सन्दीप भंगाको निर्देशन रहेको यस फिल्मले तीन दिनमा दुई सय करोडको व्यापार गरेर रेकर्ड बनाएको थियो । तेस्रो दिनमा दुई सय करोडमा प्रवेश गर्ने यो दोस्रो हिन्दी सिनेमा हो ।

विदेशी बजारमा राम्रो व्यापार गर्ने नायकका रुपमा परिचित रणवीरको यस फिल्मले सोमबार पनि उत्साहजनक व्यापार गर्‍यो ।

यस फिल्मले सुरुवाती दुई दिनमा अष्ट्रेलियामा दंगलले बनाएको रेकर्ड तोडेको थियो । अष्ट्रेलियामा दुई दिनमा भारु साढे एक करोडको व्यापार गरेको रेकर्ड तोड्न एनिमलले साढे दुई करोडको व्यापार गरेको थियो ।

त्यस्तै, क्यानाडामा पठानले दुई दिनमा सर्वाधिक साढे १ करोड व्यापार गरेको रेकर्ड पनि तोडेको छ । एनिमलले दुई दिनमा क्यानाडामा दुई करोड ७० लाखभन्दा बढीको व्यापार गरेको छ ।

सोमबार विदेशका कार्यालय खुल्ने साताको पहिलो दिन भएकाले यसको व्यापारमा कमी आउने अनुमान गरिएपनि हलमा दर्शकको बाक्लो उपस्थिति रहेको भारतीय मिडियाहरुको दाबी छ । एनिमलले छिटो ५ सय करोड क्लबमा प्रवेश गर्ने फिल्म बन्ने धेरैको आँकलन छ ।

यसअघि सबैभन्दा कम १३ दिनमा शाहरुख खानको जवानले ५०० करोड क्लबमा प्रवेश गरेको थियो । यो फिल्म गत सेप्टेम्बरमा प्रदर्शन भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ३६ बजे

बालेनले जवाफ नदिएपछि थप रणनीति तय गर्न कांग्रेस दलको कार्यालयमा जुटे विपक्षी

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्‍मा आएर जवाफ दिन तयार नभएपछि

बीमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

चितवन– ग्यास्टिक हुँदा खाने प्यान्टाप्राजोल औषधि बजारमा प्रतिट्याबलेट आठ रुपैयाँमा पाइन्छ

एमाले कार्यदल बैठक : पार्टी बलियो बनाउन असार १९ सम्म देशभर सुझाव संकलन गरिने

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित निर्वाचन समीक्षा

अफगानिस्तानमा बाढीका कारण ३०१ जनाको मृत्यु, ३८५ घाइते

काबुल- विगत १० हप्तामा अफगानिस्तानमा फैलिएको मौसमी तथा आकस्मिक बाढी

सरकारले निकाल्यो बन्द हड्ताल गर्न नपाइने क्षेत्रको सूची

काठमाडौं- सरकारले बन्द हड्ताल गर्न नपाइने क्षेत्रको सूची सार्वजनिक गरेको