रुसी राष्ट्रपति पुटिनले साउदी र युएईको भ्रमण गर्दै « Khabarhub

रुसी राष्ट्रपति पुटिनले साउदी र युएईको भ्रमण गर्दै


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले बताएको छ । मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमबाट अलग्गिए पनि विदेशमा सहयोगीहरूबाट सहयोग पाउने प्रयत्न गरेको छ ।

युक्रेनमा सेना परिचालन गरेपछि पुटिनले आफ्नो अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गर्नुभएको छ र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले उनीमाथि युक्रेनी बालबालिकालाई निर्वासित गरेको आरोप लगाउँदै उनको गिरफ्तारीको वारेन्ट जारी गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मङ्गलबार पत्रकारहरूसँग भने, ‘राष्ट्रपति पुटिनले भोलि संयुक्त अरब इमिरेट्स र साउदी अरबको कार्य भ्रमणमा जानुहुनेछ ।’ साउदी अरबमा पुटिनले क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग व्यापार, अन्तर्राष्ट्रिय राजनीति र मानवीय सहयोगमाथि छलफल गर्नुहुने क्रेमलिनले घोषणा गरेको छ ।

उनले व्यापार, ऊर्जा, पर्यटन र शिक्षाका विषयमा युएईमा आफ्ना समकक्षी शेख मोहम्मद बिन जायद अल नाहयानसँग छलफल गर्नुहुनेछ । क्रेमलिनले इजराइल र हमासबीचको द्वन्द्व दुवै बैठकका एजेन्डा हुने बताएको छ ।

युएईले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप२८) को आयोजन गरिरहेको छ तर पुटिनले कुनै पनि सम्बन्धित कार्यक्रममा भाग लिने कि नलिने भनेर क्रेमलिनले निर्दिष्ट गरेको छैन ।

सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि ठूलो स्तरमा शत्रुता सुरु गरेदेखि पुटिन विदेशमा धेरै उच्चस्तरीय बैठकहरूमा सहभागी भएका छैनन् । ‘राजनीतिक प्रदर्शन’ बाट बच्नका लागि अगस्टमा दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनमा उनी सहभागी भएनन् ।

उनले सेप्टेम्बरमा व्यक्तिगतरूपमा प्रमुख जी२० शिखर सम्मेलनमा पनि सहभागी भएनन् । यद्यपि उहाँले नोभेम्बरमा एउटा भर्चुअल जी२० बैठकमा भाग लिएका थिए ।

मार्च महिनादेखि आइसिसीले पुटिनलाई खोज्दै आएको छ । आफ्नो मुलुकमा प्रवेश गरेमा पुटिनलाई आइसिसी सदस्य राष्ट्रहरूले गिरफ्तारी वारेन्टलाई पालना गर्ने अपेक्षा गरिएको छ । आइसिसीको स्थापना सन्धिमा युएई र साउदी अरब दुबै मुलुकले हस्ताक्षर नगरेकाले उनलाई त्यहाँ गिरफ्तार गरिने छैन ।

राष्ट्रपति पुटिनले अक्टोबरमा चीनको भ्रमण गरेका थिए । यस वर्ष पूर्वसोभियत सङ्घबाहिर यो उनको पहिलो भ्रमण थियो । धेरै दिनअघि आइसिसीले वारेन्ट जारी गरेपछि उहाँ पहिलो विदेश भ्रमणका रूपमा पूर्वसोभियत किर्गिस्तान गएका थिए ।

यो साता पुटिनको भ्रमणपछि बिहीबार उनले इरानका राष्ट्रपति इब्राहिम रायसीलाई भेट्ने अपेक्षा गरिएको छ । रुसले इरानसँगको आर्थिक तथा सैन्य सम्बन्धलाई बलियो बनाइरहेको छ । इरानलाई पनि पश्चिमी प्रतिबन्धको निशाना बनाइएको छ ।

पश्चिमी मुलुकहरूले तेहरानमाथि ठूलो मात्रामा ड्रोन र अन्य हतियार उपलब्ध गराएर युक्रेनमा रुसको आक्रमणलाई समर्थन गरेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले गत वर्ष जुलाईमा इरानको भ्रमण गर्नुभएको थियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले क्षेत्रीय समकक्षीहरूसँग छलफल गर्नका लागि अक्टोबरमा तेहरानको भ्रमण गरेका थिए ।

इरानको आधिकारिक समाचार एजेन्सी इर्नाले पुटिनको निमन्त्रणपछि रायसीले मस्कोको भ्रमण गर्ने बताएको छ । ‘एक दिवसीय भ्रमणको शीर्ष एजेन्डामा आर्थिक अन्तरक्रियासहित द्विपक्षीय मुद्दाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू विशेषरूपमा गाजाको स्थितिमा छलफल हुनेछ’, इर्नाले भनेको छ ।

मस्कोले इजराइल र हमासबीचको लामो समयदेखि चलिरहेको द्वन्द्व समाधान गर्न असफल भएकामा अमेरिकालाई दोष दिएको छ । साथै इजराइल र हमास दुवैसँग सम्बन्ध कायम राखेको रुसले स्वयंलाई एउटा सम्भावित मध्यस्थकर्ताका रूपमा राखेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : ३७ बजे

संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण र गणेश, प्रतिपक्षीलाई पनि समेटिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारण श्रेष्ठलाई

अमेरिकी नाकाबन्दी चिर्दै प्रतिबन्धित सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीमा प्रवेश

तेहरान- अमेरिकाको प्रतिबन्धका बावजूद अर्को एक सुपरट्यांकर हर्मुज स्ट्रेट पार

कृष्णहरि बुढाथोकीलाई अर्थ समितिको सभापति जिम्मेवारी

काठमाडौं– रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीलाई प्रतिनिधि सभाअन्तर्गतको अर्थ

माओवादी छोडेका रहवरलाई उद्योग श्रम र उपभोक्ता हित समितिको जिम्मेवारी 

काठमाडौं– माओवादी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जितेकाले पनि समितिको

अमेरिकालाई इरानको चेतावनी : अधिकार सुरक्षित नभई हर्मुज स्ट्रेट छोड्दैनौँ, आणविक कार्यक्रममा सम्झौता हुँदैन

तेहरान- अमेरिकी नौसेनाको नाकाबन्दीबीच इरानले कडा चेतावनी दिँदै आफ्ना अधिकार