‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ? « Khabarhub

‘द आर्चिज’बाट को–कस्ले गर्दैछन् डेब्यु ?


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु गर्दैछन् । यसमा एक हुन् अमिताभ बच्चनका नाति अगस्त्य नंदा ।

अगस्त्यको डेब्यूलाई लिएर यति बेला पूरै बच्चन परिवार उत्साहित छ । सामाजिक सञ्जालमा आफ्नो पोष्टमार्फत अगस्त्यले आफ्ना फ्यानहरुलाई फिल्मबारे कयौँ जानकारी दिइरहेका छन् । हालै भने उनले शाहरुख खानकी छोरी सुहाना खानबारे एउटा खुलासा गरेका थिए ।

द आर्चिज अगस्त्य नन्दा र सुहाना खानको साथमा अभिनेत्री श्रीदेवी र फिल्म मेकर बोनी कपुरकी कान्छी छोरी खुसी कपुरको पनि डेब्यु फिल्म हो । यति बेला बलिउडमा द आर्चिज र यसका स्टारकाष्टबारे व्यापक चर्चा भइरहेको छ ।

हालैमात्र अगस्त्य र सुहानाको एउटा भिडियो भाइरल बनेको थियो । भिडियोमा अगस्त्यले सुहानालाई ‘तिमीलाई मैले लामो समयदेखि चिनेको छु । म प्रमाणित गर्न सक्छु कि तिमी सबैभन्दा कम हँसिमजाक गर्छौ ।’

अगस्त्यको यो अभिव्यक्तिप्रति सुहाना भन्छिन्, ‘हो, तर हँसिमजाक गर्ने र अरुको खिल्ली उडाउनु दुबैमा धेरै नै फरक छ, ।’ भिडियोमा अगस्त्यले सुहाना गसिपिङ क्वीन हो भनेर भनेको सुनिन्छ । सुहानालाई कुनै पनि सिक्रेट भन्नै सकिन्न । किनकि उसको पेटमा केही कुरै अट्दैन । अगस्त्यको यो कुरा सुनेर सबै जना हाँस्न थाल्छन् ।

द आर्चिजमा मिहिर अहुजा, वेदांग रैन पनि छन् । शाहरुख खान आफ्नो छोरीको डेब्युलाई लिएर निकै उत्साहित छन् । आगामी वर्ष सुहानाले शाहरुखसँग ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।
स्रोत एएनआइ

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ११ : १२ बजे

अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र

देउवा, प्रचण्ड र माधवपछि कमल थापा पनि एमालेको महाधिवेशन उद्घाटनमा सहभागी नहुने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा

भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास

महाधिवेशनस्थलमा पुगे अध्यक्ष ओली  

काठमाडौं–  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

एजेन्सी– अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको