चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग « Khabarhub

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा– चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।

मङ्गलबार पत्रकार सम्मेलन गरेर कांग्रेस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो ।

कांग्रेस जिल्ला समिति सभापति रामचन्द्र यादवले जिल्लामा हुने गरेका अवैध गतिविधि तत्काल नियन्त्रण नगरिए आन्दोलन गर्ने चेतावनी दिए ।

‘नेपाल–भारत खुला सिमानाबाट सङ्गठितरूपमा तस्करी हुने गरेको छ, चुरेको दोहन रोकिएको छैन’, सभापति यादवले भने, ‘अवैध गतिविधिलाई नियन्त्रण गर्न हामी सरकारसँग माग गर्दछौँ ।’

त्यसैगरी सिरहा कांग्रेसले धान, सागसब्जी तथा फलफूलको उचित मूल्य निर्धारण गरी बजारीकरण गर्न, समयमै मलखाद तथा बीउबिजन उपलब्ध गराउन माग गरेको छ । 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ०९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार