चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग « Khabarhub

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा– चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।

मङ्गलबार पत्रकार सम्मेलन गरेर कांग्रेस जिल्ला समितिले कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो ।

कांग्रेस जिल्ला समिति सभापति रामचन्द्र यादवले जिल्लामा हुने गरेका अवैध गतिविधि तत्काल नियन्त्रण नगरिए आन्दोलन गर्ने चेतावनी दिए ।

‘नेपाल–भारत खुला सिमानाबाट सङ्गठितरूपमा तस्करी हुने गरेको छ, चुरेको दोहन रोकिएको छैन’, सभापति यादवले भने, ‘अवैध गतिविधिलाई नियन्त्रण गर्न हामी सरकारसँग माग गर्दछौँ ।’

त्यसैगरी सिरहा कांग्रेसले धान, सागसब्जी तथा फलफूलको उचित मूल्य निर्धारण गरी बजारीकरण गर्न, समयमै मलखाद तथा बीउबिजन उपलब्ध गराउन माग गरेको छ । 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ०९ बजे

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ

एजेन्सी– अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत

पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता

काठमाडौं– पूर्व राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच  भेटवार्ता

तस्बिरमा हेर्नुहोस्, गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’

काठमाडौं–  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत