खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउँछ : मन्त्री बस्नेत « Khabarhub

खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउँछ : मन्त्री बस्नेत


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ्य  बनाउने बताएका छन्। बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको बताए।

उनले खेल क्षेत्रका माध्यमबाट नेपाललाई विश्वसामु चिताउन सकिने बताएका छन्। उनले खेलले पर्यटन समेत प्रर्वद्धन हुने बताए। सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतको रकम समयमै दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र खेलाडी  र खेल क्षेत्रको भविश्य रहने बताए। आफू पनि खेलाडी रहेको भन्दै उनले जिल्लामा खेलाडी उत्पादन गर्न सदैव साथमै उनले प्रष्ट पारे।

उनले क्रिकेट अहिले लोकप्रिय र देशलाई चिनाउन सफल खेल भएको भन्दै अन्य खेल र खेलाडीलाई पनि आआफ्नो खेलमा मेहनत गरेर सफलता हासिल गर्न सुझाव दिए। उनले राम्रा खेलाडीले बिभिन्न अवसर प्राप्त गर्न थालेकाले अब विस्तारै खेलाडीको पनि विकास हुने बताए।

उनले अहिले पैसाकै अभावमा कसैको ज्यान जान गुमाउन पर्ने अवस्था अब नरहने भन्दै खेलाडीको स्वास्थ्य उपचारमा सरकारले सदैव सहयोग गर्ने बताए। 

कार्यक्रममा  बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, भोटेकेशी गाउँ पालिका अध्यक्ष पासाङ नोर्वु शेर्पा ,लिसंखपाखर गाउँ पालिका अध्यक्ष राजु  लामा  लगायतले खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

तोक्वादो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भन्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : ३७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार