पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने « Khabarhub

पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सवको आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष विनोद श्रेष्ठले पोखरा– २७ स्थित डाँडाकोनाकमा हुने १९ औँ संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने जानकारी दिए ।

महोत्सव सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ४२ वटा उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको जनाइएको छ ।

महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन् । तीमध्ये अधिकांश स्टल बुकिङ भइसकेको बताइएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरू, कृषि तथा पशुजन्य वस्तुहरू बिक्री तथा प्रदर्शनीमा राखिनेछ ।

महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रालिले मुख्य प्रायोजन गरेको छ । सहप्रायोजकमा पशुपति बिस्कुट र हेटौँडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको छ ।

विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरूको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरू दर्शकको रोजाईमा पर्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : १६ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको