सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न समयमा दुई जनाबीच भएको क्रियाकलापलाई तस्बिर तथा श्रव्यदृश्य सम्पादन गरी महिलाको चरित्र हत्या गर्ने चितवन रत्ननगर नगरपालिका वडा नं १० घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले महिलाको तस्बिरलाई सम्पादन गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा महतोलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गत पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशले सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता रायले बताउनुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  १० : ०१ बजे

ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन्

काठमाडौं- नेपालले भारतीय भूमि मिचेको भनेर गम्भीर अभिव्यक्ति दिएसँगै प्रधानमन्त्री

इरान-अमेरिका तनाव फेरि चर्कियो

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र बन्दै

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै एमालेको प्रदर्शन

काठमाडौं– नेपाल-भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले

निश्कलले मागे प्रधानमन्त्रीसँग हिसाब : नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ?

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत

लेबनानमा इजरायली सैन्य कारबाहीप्रति जर्मनीको गम्भीर चिन्ता

बर्लिन- जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले दक्षिणी लेबनानमा इजरायली सेनाको थप