एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ « Khabarhub

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।

तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूले पौडेलको घरमा गोली प्रहार गरेका थिए । फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन् । तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा पाँच राउण्ड गोली प्रहार गरेको थियो । घटनाको मुख्य योजनाकार निश्चल रहेको उनको भनाइ छ ।

प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ । आरोपितहरूले हेटौँडा मा कोठा भाडामा लिएर लागूऔषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले तीनैजनाको  साथबाट दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र ५० हजार बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागूऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : ५९ बजे

सुदूरपश्चिमलाई फेरि फाइनलको पीडा : कहाँ चुके खेलाडी ?

काठमाडौं– कुनै पनि प्रतियोगितामा लिग वा समूह चरणमा जति नै

यस्तो देखियो एमालेको बन्दसत्रस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत आइतबारदेखि बन्दसत्र सुरू भएको छ।

एमालेको बन्दसत्रमा अध्यक्षको अनुमतिबिना बोल्न नपाइने

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार दिउँसोदेखि बन्दसत्र सुरू

एमालेको बन्दसत्र : बनेन अध्यक्ष मण्डल, ओली एक्लै सञ्चालक (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई चुनौती दिनेहरूलाई

अन्तै कुद्न थाले कांग्रेसबाट जितेका भोजपुरका जिसस प्रमुख थुलुङ

काठमाडौं- नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल