सर्वोच्चमा प्रस्तावित न्यायाधीशमाथि उजुरीकर्ताको गम्भीर आरोप | Khabarhub Khabarhub

सर्वोच्चमा प्रस्तावित न्यायाधीशमाथि उजुरीकर्ताको गम्भीर आरोप


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशमध्ये दुई जनामाथि उजुरीकर्ताले गम्भीर आरोप लगाएका छन् ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र सारंगा सुवेदी उच्च अदालतको न्यायाधीश पदमा रहँदा गैरकानूनी फैसला गरेको उजुरीकर्ताले आरोप लगाएका हुन् ।

आज सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध परेको उजुरीमाथिको छलफलमा भाग लिँदै उजुरीकर्ता पुष्पप्रसाद गुरागाईंले संविधानविपरीत उच्च अदालत पाटनमा रहँदा ढुंगानाले भन्सारको मुद्दा र चमेलियाको मुद्दामा राज्यलाई करोडौँ नोक्सान बनाएर मुद्दा फैसला गरेकाले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा अनुमोदन नगर्न संसदीय समितिका सदस्यलाई आग्रह गरेका थिए ।

अर्का उजुरीकर्ता चिरञ्जीवीभक्त पौडेलका तर्फबाट बोल्दै खडकभक्त पौडेलले राकेशभक्त पौडेल हत्याकाण्डको फैसलामा पीडित पक्षको समेत सुनुवाइ नगरेकाले सारंगा सुवेदीलाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन नगर्न समितिसमक्ष आग्रह गरेका थिए । ३३ किलो सुन प्रकरणका अभियुक्तलाई रिहा गर्ने फैसला पनि सुवेदीले गरेको आरोप उनले लगाएका थिए ।

न्यायपरिषदको मंसिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

उनीहरूविरुद्ध १० वटा उजुरी संसदीय सुनुवाइ समितिमा परेको थियो । ती उजुरीमाथिको छलफल आज सकिएको छ ।

संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । समितिको अर्को बैठक आगामी मंसिर २९ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।

यो पनि…

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ०७ बजे

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

दाङ– दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिरिदिने भएको छ

क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा

काठमाडौं – बेनफिकाले वायरन म्युनिखलाई १-० ले हराउँदै फिफा क्लब

एक सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती

तनहुँ– तनहुँको भिमाद नगरपालिका– ९ को भानुमति जौपानीको एक सय

‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो