लोडसेडिङ बढेको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

लोडसेडिङ बढेको भन्दै पाकिस्तानमा प्रदर्शन


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- लोडसेडिङ बढेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रदर्शनको आयोजना गरिएको छ । प्रान्तको घलानाइ ऊर्जा केन्द्रअघि स्थानीय बासिन्दाहरुले लोडसेडिङको विरोधमा प्रदर्शन गरेका हुन् ।

स्थानीयको प्रदर्शनका कारण पेशावर–बजनौर राजमार्ग अवरुद्ध भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । प्रदर्शनका कारण यात्रीहरु मर्कामा परेको डनले जनाएको छ ।

सो क्षेत्रमा ट्राइबल इलेक्ट्रिक सप्लाई कम्पनी (टेस्को) ले विद्युत आपूर्ति गर्दै आएको छ । प्रदर्शनकारीले टेस्को, जिल्ला प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीले लोडसेडिङका कारण पूरै जिल्ला अस्तव्यस्त भएको आरोप लगाएका छन् ।

स्थानीय अधिकारीले एक वर्षअघि भएको सम्झौता तत्काल लागू गर्ने आश्वासन दिएपछि प्रदर्शन साम्य भएको डनले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : १७ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९