रित्तो बोतलबाट घर (तस्विरहरु) « Khabarhub

रित्तो बोतलबाट घर (तस्विरहरु)



रित्तिएका मदिराका बोतलबाट सुन्दर घर बन्छ भन्यो भने तपाईं विश्वास गर्नुहुन्छ ? हो, अनुपयोगी वस्तुबाट वातावरण संरक्षण गर्ने उद्देश्यले दक्षिणकाली नगरपालिका वडा नम्बर-५ स्थित शिखरापुर सामुदायिक सिकाइ केन्द्रले यस्तै खालका तीन घर बनाएको छ । 

सिसाको बोतलबाट बनेका घर हेर्न आन्तरिक पर्यटक बाक्लो सङ्ख्यामा आउने गरेका छन् । माटो, पराल र बालुवाबाट बनाइएका यी घर जाडोमा न्यानो र गर्मीमा शीतल हुने प्राविधिकहरू बताउँछन् । 

जलवायु सम्बन्धी कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले पुनःप्रयोगमा नहुने बोतलबाट घर निर्माण भएको हो । प्रयोग नहुने बोतलबाट एक तलाको घर बनाउन सकिने सिकाइ केन्द्रका निर्देशक निरज श्रेष्ठको भनाई छ । प्रयोगविहीन बोतलको घरले पर्यावरणमा पर्ने असरलाई कम गर्न सकिने उनको भनाइ छ ।

यस्ता घरमा भूकम्प प्रतिरोधात्मक क्षमता अत्यधिक हुने बताइएको छ । 

 

 

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : २२ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ