बैतेश्वरमा सुत्केरी गाई–भैंसीलाई भत्ता « Khabarhub

बैतेश्वरमा सुत्केरी गाई–भैंसीलाई भत्ता


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

दोलखा– बैतेश्वर गाउँपालिकाले दुहुनो गाईभैंसी पालक किसानलाई प्रोत्साहन गर्ने भएको छ।

पालिकाले दुहुनो गाईभैँसी पालक किसानलाई २५ सयका दरले सुत्केरी स्याहार तथा प्रोत्साहन भत्ता वितरण गर्ने भएको हो। पालिकाले एक सूचना जारी गर्दै चालु वर्ष देखि अध्यक्ष छवि लामाले कार्यपालिकामा छलफल गरी किसानको लाई प्रोत्साहन गर्दै दुध उत्पादनलाई वृद्धि गर्ने योजना अनुसार व्याएर दुध दिरहेका पशुको आहारा व्यवस्थापन तथा उचित स्याहारका लागि सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

पालिकाका पशु अधिकृत शान्ति प्रसाद दहालका अनुसार किसानलाई व्यवसायिक पशुपालनमा प्रोत्साहन गर्दै दुग्ध र मासुजन्य खाद्यवस्तुमा परनिर्भरता घटाउन सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

कार्यक्रम अन्तर्गत गाईभैँसी ब्याए एवं दुहुनो भएपछि पशुधनि किसानलाई स्याहार खर्च बापत रु,२५ सय रुपैयाँ उपलब्ध गराइने बताए ।

पशु सुत्केरी स्याहार खर्च प्राप्त गर्नका लागि किसानहरुले पालिकाको पशु विकास शाखामा निवेदन पेश गर्नु पर्ने र पशु बिमागरेको हुनुपर्ने छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : ०९ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि