मेयर र उपमेयरको विवादले वीरगन्ज महानगरपालिकामा झडप « Khabarhub

मेयर र उपमेयरको विवादले वीरगन्ज महानगरपालिकामा झडप


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरबिच विवाद हुँदा महानगरपालिका परिसरमा नै झडप भएको छ ।

आज दिउँसो पुरानो भवनमा रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद हुँदा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबिच झडप भएको हो ।

समर्थकबिच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृतको कार्यालय नयाँ भवनमा सरेपछि त्यहाँ आफ्नो कार्यालय हुनुपर्ने उपमेयर आलमको माग थियो । तर, सो भवनमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने गरी मेयर सिंहले तयारी गरेपछि झडप भएको हो ।

गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा कांग्रेस र जसपाबिच गठबन्धन भएको थियो । मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी भएका थिए ।

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : १२ बजे

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका