भारतीय कांग्रेस नेताको कम्पनीमा छापा, ३५१ करोड भारु बरामद « Khabarhub

भारतीय कांग्रेस नेताको कम्पनीमा छापा, ३५१ करोड भारु बरामद


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको कांग्रेस पार्टीका एक सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीविरुद्ध आयकर विभागले छापा मारेर ३५१ करोड भारतीय रुपैयाँ नगद बरामद गरेको छ । यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिले सम्मको उच्च रकम हो।

यो डिस्टिलरी झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहूको परिवारसँग सम्बन्धित छ। यद्यपि साहुले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेड लगायतका प्रवर्द्धकहरुविरुद्ध आयकर विभागको छापा मारेको आइतबार पाँचौँ दिन थियो ।

कर छली र ‘अफ द बुक’ लेनदेनको आरोपमा कर अधिकारीहरूले डिसेम्बर ६ मा छापा मारेका थिए। स्रोतका अनुसार नोटहरू गणना गर्ने प्रक्रिया पूरा भएको छ र कुल ३५१ करोड रुपैयाँ नगद जफत गरिएको छ।

गणनामा आयकर विभाग र विभिन्न बैंकका करिब ८० जनाको नौ टोलीले २४ सै घण्टा पालैपालो सिफ्टमा काम गरेका थिए । समाचार एजेन्सीलाई दिइएको जानकारी अनुसार नगद बोक्न करिब २०० झोला र ट्रङ्कहरू प्रयोग गरिएको थियो ।

स्रोत : एएनआई

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : १० बजे

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

निर्वाचन आउन ८५ दिन बाँकी: केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको