टिकटकमा प्रतिबन्धविरुद्ध रिटको पेसी न्यायाधीश ढुंगाना र श्रेष्ठको इजलासमा « Khabarhub

टिकटकमा प्रतिबन्धविरुद्ध रिटको पेसी न्यायाधीश ढुंगाना र श्रेष्ठको इजलासमा


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अनन्तराज लुँइटेल, फर्सुराम पाण्डेलगायतले सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको समेत रिटमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ११ : ५८ बजे

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा

कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड

कर्णाली– कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका

हामीले हावा चलाएका छैनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूहरूले कुनै हावा नचलाएको बरु

तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले जनताको मन

मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने