अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदारको बोझ, भिसामा कडाइ गर्ने « Khabarhub

अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदारको बोझ, भिसामा कडाइ गर्ने


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदारलाई दिइने भिसामा कडाइ गर्ने भएको छ । अष्ट्रेलिया सरकारले आफ्नो अध्यागमन नीतिमा व्यापक परिवर्तन गर्ने घोषणा गर्दै यस्तो निर्णय गरेको हो । यसअनुसार त्यहाँ आगामी दुई वर्षमा आप्रवासीको आगमन घट्ने अपेक्षा गरिएको छ ।

नयाँ नीति अनुसार अष्ट्रेलिया जान चाहने अन्तर्राष्ट्रिय विद्यार्थीले अङ्ग्रेजी भाषामा उच्च अङ्क ल्याउनुका साथै दोस्रो पटकको भिसा आवेदन स्वीकृत गर्न थप कडाइ गरिनेछ ।

‘हाम्रो रणनीतिले आप्रवासीको सङ्ख्यालाई पहिलेजस्तै सामान्य बनाउनेछ ।’ अष्ट्रेलियाकी आन्तरिक मामिलामन्त्री क्लेरी ओनेललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘तर, यो सङ्ख्याको कुरामात्रै होइन । यो अहिले हाम्रो देशले भोगिरहेको आप्रवासनको विषय पनि हो ।’

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो देशको अध्यागन प्रणालीमै खोट रहेको भनदै यसलाई ‘दिगो स्तर’ ल्याउने बाचा गरेका छन् ।

अध्यागमनसम्बन्धी अष्ट्रेलिया सरकारले अघि सारेको सुधारका कदमले आप्रवासीको सङ्ख्या घट्ने अपेक्षा गरिएको मन्त्री ओनेलले बताइन् । सन् २०२२–२३ मा अष्ट्रेलियाको खुद आप्रवासन दर ह्वात्तै बढेर ५ लाख १० हजार पुग्ने अपेक्षा गरिएको छ । सन् २०२४–२५ र २०२५–२६ मा यो घटेर ५ लाख आसपास पुग्ने अपेक्षा छ ।

ओनेलका अनुसार सन् २०२२–२३ मा मुलुकमा आप्रवासीको सङ्ख्या बढ्नुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आगमनको ठूलो भूमिका छ ।

अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारको आगमनका कारण त्यहाँको घरभाडाको बजारमा दबाब पैदा भएको र यसबाट घरवारविहीनता पनि बढेको जनाइएको छ । सिड्नी मर्निङ हेराल्ड अखबारका अनुसार अष्ट्रेलियाका ६२ प्रतिशत मतदाता आफ्नो देशले अति धेरै आप्रवासी भित्र्याइरहेको बताउँछन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : ५१ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र