कोप २८ प्रमुखद्वारा ‘ऐतिहासिक’ जलवायु सम्झौता स्वीकृत भएको घोषणा | Khabarhub Khabarhub

कोप २८ प्रमुखद्वारा ‘ऐतिहासिक’ जलवायु सम्झौता स्वीकृत भएको घोषणा


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दुबई- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्ष राष्ट्रहरूको सम्मेलनको २८औँ सत्र ‘कोप २८’ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले संयुक्त राष्ट्रसङ्घको जलवायु शिखर सम्मेलनका पक्षहरू ‘ऐतिहासिक’ जलवायु परिवर्तन नियन्त्रणका लागि प्रस्तावित सम्झौतामा सहमत भएको बुधबार घोषणा गरेका छन् ।

अल जाबेरले भने, “यो एक उन्नत, सन्तुलित जलवायुनियन्त्रण कार्यलाई गति दिनको लागी एक ऐतिहासिक दस्तावेज हो । यो यूएई सहमति हो ।”

यस सम्झौतामा जलवायु परिवर्तनसँग जुध्न अनुकूलन, वित्त, लचिलोपन र जीवाश्म ईन्धनलगायत अन्य उपायहरू उल्लेख गरिएको छ ।

कोप २८ अन्तिम सम्झौताको अघिल्लो मस्यौदामा देखिएको गतिरोधका कारण मङ्गलबार मध्याह्नको आधिकारिक समापन समयभन्दा बढी लम्ब्याइएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ०४ बजे

सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश

काठमाडौं – हिट फिल्म ‘कबड्डी’को पाँचौ श्रृङ्खला ‘कबड्डी ५ :

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार 

काठमाडौं -कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ

हेटौँडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्री वितरण तथा प्रयोगमा रोक

बागमती– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लास्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा

शिविरबाट एक हजार ३७५ लाभान्वित

गलकोट– जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

पानीको बोतल र जारको नयाँ मूल्य निर्धारण, बढी लिए कारबाही हुने

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको