संसदीय समितिले गर्‍यो सर्वोच्चका प्रस्तावित न्यायाधीशहरु सुवेदी र मुसलमानको सुनुवाइ « Khabarhub

संसदीय समितिले गर्‍यो सर्वोच्चका प्रस्तावित न्यायाधीशहरु सुवेदी र मुसलमानको सुनुवाइ


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु शारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु सुवेदी र मुसलमानको सुनुवाइ गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले न्यायको प्रत्याभूति दिन पहल गर्ने प्रतिबद्धता जनाइन् । हजारौंको संख्यामा मुद्दाको फछर्यौट गर्दा केही मान्छे असन्तुष्ट हुनु स्वाभाविक रहेको भन्दै उनले यसबाट अदालत प्रभावित भयो भनेर बुझ्न नहुने जिकिर गरिन् । त्यस्तै, उनले न्यायपालिकाको रणनीतिक योजनाको निर्माण तथा सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवका आधारमा यथाशक्य योगदान पु¥याउने धारणा राखिन् ।

त्यस्तै, सर्वोच्च अदालतका अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले न्यायपालिकाले प्राप्त गरेको स्रोत साधनभित्र रही आफ्नो सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाए । न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायाधीशको कर्तव्य भएको उनको भनाइ छ ।

न्यायपरिषदले मङ्सिर ५ गते उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । प्रस्तावित न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजिज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना र अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन् । अन्य प्रस्तावित न्यायाधीशको क्रमश सुनुवाइ हुने र निर्णय सुनाउने समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ५ : ०० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र