अर्को नयाँ काण्ड आउला कि भनेर डर लागिरहेको छ : गगन थापा « Khabarhub

अर्को नयाँ काण्ड आउला कि भनेर डर लागिरहेको छ : गगन थापा


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अचेल आफ्ना कुराहरू सामाजिक सञ्जालबाट भिडियो फुटेजमार्फत प्रस्तुत गर्न थालेका छन् ।

तीन दिन अघि उच्च शिक्षामा भएको दलीयकरण र भागबन्डाको विरोधमा बोलेका थापाले शनिबार स्टक एक्सचेन्जमा सरकारले एउटा नयाँ काण्ड गराउला कि भनेर आफूलाई डर लागिरहेको बताएका छन् ।

नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र (लाइसेन्स) बाँड्ने निर्णय गरेर सरकारले अर्को भ्रष्टाचारको काण्ड घटाउन लागेको भन्दै महामन्त्री थापाले त्यसलाई रोक्न सरकारसँग माग गरेका छन् । उनी भन्छन्, ‘एकपछि अर्को काण्ड हामीले बेहोर्दै आएका छौं, फेरि अर्को नयाँ काण्ड सरकारले गराउला कि भनेर मलाई चाहिँ डर लागिरहेको छ ।’

‘सरकारले उपयुक्त अध्ययन बिना दीर्घकालीन महत्वका निर्णय लिनु भनेको पनि कुशासन हो । नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रियामा यस्तै भएको छ,’ कांग्रेस नेता थापा भन्छन्, ‘कुनैबेला सरकार आफैँले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबरहरू आएका छन्।’

महामन्त्री थापाले अगाडि भनेका छन्, ‘पुँजी बजारको अवस्था र आवश्यकताबारे थप अध्ययन भएर आवश्यकता पहिचान नभएसम्म यो अनुमति दिने प्रक्रिया रोकिनुपर्छ । सरकारले कुरा सुशासनका गर्ने, काम कुशासनका गर्ने गर्न मिल्दैन । हामीले यो कुरा प्रधानमन्त्रीज्यू लाई भेटेरै भनेका छौँ र सार्वजनिकरूपमा पनि खबरदारी गराउन चाहन्छौँ ।’

थापाले सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘सरकारबाट यो निर्णय भयो भने प्रतिरोध हुन्छ हुन्छ ।’

https://www.facebook.com/thapagk/videos/1425245501705798

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ११ : ०४ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन