प्रदेश राजधानी जोड्ने सडक निर्माण सुरु | Khabarhub Khabarhub

प्रदेश राजधानी जोड्ने सडक निर्माण सुरु


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरु भएको छ । रोशी गाउँपालिकाअन्तर्गत बीपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी–सुँगुरे–बूढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै हेटौँडासम्म प्रादेशिक सडक निर्माण सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारले उक्त सडक आयोजनाका लागि गत आर्थिक वर्षमा रु ९४ करोड ६९ लाख  सुनिश्चित गरेको थियो । चालु आवमा रु सात करोड विनियोजन गरी निर्माण सुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

उक्त कार्यालयमार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको छ । सडक खस्नबाट रोक्न पर्खाल लगाउने, स्ल्याब, कलभर्ट निर्माण तथा ह्युमपाइप बिछ्याउनेलगायत संरचना निर्माण हुनेगरि ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा-ग्रिन ताराले ठेक्का सम्झौता गरेको छ ।

आयोजनाको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा र प्रदेशसभा सदस्य रत्न ढकालले संयुक्तरूपमा एक कार्यक्रमबीच काभ्रेपलाञ्चोकको रोशीस्थित कटुञ्जेमा सोमबार शिलान्यास गरे ।

बागमती प्रदेश सरकारले छ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सूचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्र गर्दै जाने बताएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : १८ बजे

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल