पुस १० देखि चितवनमा हात्ती महोत्सव | Khabarhub Khabarhub

पुस १० देखि चितवनमा हात्ती महोत्सव


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

चितवन- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड–१९ का कारण  रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएसनको सह–आयोजनामा १७औँ संस्करणको महोत्सव हुन लागेको हो ।

यस पटकको महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने आयोजकले जनाएको छ । हात्तीको शोषण भएको भनी पशुअधिकारकर्मीले विषय उठाएपछि यो पटक हात्तीलाई कष्ट हुने किसिमका प्रतियोगिता नहुने बताइएको हो । सङ्घका अनुसार यसपटक हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको छ ।

पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विनायक शाहले कोभिडपछि लयमा फर्किरहेको मुलुकको पर्यटनलाई थप गतिशील बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अहिले ३५ लाख पर्यटकलाई सेवा दिने पूर्वाधार बनेको र पर्यटन पूर्वाधारमा खर्बौं लगानी भइसकेकाले ती पूर्वाधारबाट प्रतिफल लिनेगरी रणनीतिक प्रवर्द्धनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गरे ।

उनले ‘वाइल्ड लाइफ’ सफारीका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने भएकाले चितवनमा हात्तीसम्बन्धी गतिविधि हुने गरेको भन्दै हात्तीको संरक्षण र अधिकारको विषयमा सजक रहेर गतिविधि सञ्चालन हुने उल्लेख गरे । उनले भने, “वाइल्ड लाइफ टुरिज्म’को मागअनुसार सेवा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि गर्दै आएको हो, हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक पुग्ने गरेका छन् ।”

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गरे । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुग्ने व्यवसायीको बुझाइ छ । महोत्सव सकिएलगत्तै क्षेत्रीय होटल सङ्घले नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा पुस १५ गते विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको क्षेत्रीय होटल सङ्घ चितवनका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए ।

चितवन महानगरले सन् २०२४ लाई ‘चितवन भ्रमण वर्ष’ का रुपमा घोषणा गरिएको छ । हात्ती महोत्सवले सो भ्रमण वर्षको प्रचारप्रसारमा पनि योगदान पुर्‍याउने जनाइएको छ । कोषाध्यक्ष दुवाडीका अनुसार सौराहा क्षेत्रमा अहिले पाँच हजार पाहुना व्यवस्थापन गर्ने होटलका शय्या छन् । महोत्सवमा दैनिक २० हजार हाराहारीको सहभागिता हुने आयोजकको अनुमान छ । महोत्सवका लागि रु एक करोड आठ लाख खर्च हुने जनाइएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ३५ बजे

देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस, सात हजारभन्दा बढीले सामूहिक योगा गरे

काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा

कोशी प्रदेशस्तरीय ओपन बास्केटबल : सुनसरी र इलाम फाइनलमा भिड्ने

सुनसरी– धरानमा जारी कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन