मलेसियाको रोजगारी खुलाउन माग गदै विभाग घेराउ « Khabarhub

मलेसियाको रोजगारी खुलाउन माग गदै विभाग घेराउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार व्यवसाय संघले एक वर्षदेखि बन्द मलेसियाको रोजगार खुलाउन माग गदै वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् । मलेसिया रोजगारीका विषयमा सरकारको आधिकारिक धारण माग गदै विभाग घेराउ गरेको संघले जानकारी दिएको छ ।

मलेसिया एक वर्षदेखि बन्द हुँदा धेरै म्यानपावर कम्पनी बन्द हुने सम्भावना रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन विभाग घेराउ गरेको संघका उपाध्यक्ष रामप्रसाद भन्तानाले जानकारी दिएका छन् ।

सरकारले म्यानपावर व्यवसायीलाई विभिन्न बाहानामा अप्ठयारोमा पर्ने काम भइरहेको उनको आरोप छ । सरकारले पछिल्लो समय वैदेशिक रोजगार ऐन संशोधन गरेर म्यानपावर व्यवयासीलाई अपराधी भन्न खोजीरहेको प्रति व्यवसायी एक जुट भएर आन्दोलन गरीरहेको उपाध्यक्ष भन्तानाले जानकारी दिए ।

वैदेशिक रोजगार ऐन २०६४ शसोधन गरेर धरौटी बृद्धि गरेको थियो । यो विषयमा व्यवसायीले सुरुदेखि विराध गदै आएका छन् । व्यवसायीले धरौटी राखेको पैसाको व्याज पाउनुपर्ने, सीप प्रमाणिकणको निर्णय तत्काल लागू नगर्ने र अन्य कानूनी बन्देजभित्र नपर्ने माग गदै आन्दोलनमा गदै आएका छन् ।

व्यवसायीले यो भन्दा अगाडी पनि वैदेशिक रोजगारीमा कामदार पठाउन एक हप्ता बन्द गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १ : ४२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब