सभापति लामिछानेसहित रास्वपाका ४ सांसदले सार्वजनिक सुनुवाइ गर्ने | Khabarhub Khabarhub

सभापति लामिछानेसहित रास्वपाका ४ सांसदले सार्वजनिक सुनुवाइ गर्ने


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र अन्य तीन संसदहरुले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएका छन् ।

लामिछानेसहित उपसभापति तथा सांसद डोलप्रसाद अर्याल संसदहरु गणेश पराजुली र शिशिर खनालले सार्वजनिक सुनुवाइ गर्न लागेका हुन् ।

सभापति लामिछानेले पुस १२ गते चितवन २ को खोलेसिमलमा सार्वजनिक सुनवाइ गर्न लागेका छन् । यस्तै सांसदहरू पराजुली र खनालले काठमाडौँ ७ गते शनिबार सुनुवाइ कार्यक्रमको आयोजना गर्नेछन् ।

यस्तै, उपसभापति अर्यालले आफ्नो क्षेत्र धादिङमा पुस १३ गते सुनुवाइ गर्न लागेका छन् ।

सभापति लामिछानेको यो दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम हो भने अन्य तीन सांसदले पहिलो पटक गर्न लागेका हुन् । लामिछानेले पहिलो पटक गत भदै १० गते सार्वजनिक सुनुवाइ गरेका थिए ।

सुनुवाइ कार्यक्रम सम्बन्धित जिल्लाका सरकारी निकाय प्रमुख तथा तोकिएको व्यक्ति, सर्वसाधारणको उपस्थित हुने रास्वपा उपसभापति अर्याल बताउँछन् । उनका अनुसार कार्यक्रममा प्रश्न उत्तर पनि हुने छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : ३० बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार