काठमाडौंमाथि बीरगञ्जको सनसनीपूर्ण जित, प्लेअफ रोचक मोडमा « Khabarhub

काठमाडौंमाथि बीरगञ्जको सनसनीपूर्ण जित, प्लेअफ रोचक मोडमा


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा बीरगञ्ज युनाईटेडले काठमाडौं रेजर्सलाई ४–१ गोल अन्तरले हराएको छ ।

सनसनीपूर्ण जित निकालेको बिरगञ्जले प्लेअफको गणितिय सम्भावनालाई पनि कायम राखेको छ । विलियम ओपोकुको ह्याट्रिकको सहयोगमा बिरगञ्जले प्रतियोगिताकै फराकिलो अन्तरको जित निकाल्यो ।

बीरगञ्जसँगको हारले काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ । काठमाडौंलाई प्लेअफमा छनोट हुन अब आफ्नो नतिजाले मात्र पुग्ने छैन, अरु खेलको नतिजामा समेत भर पर्नुपर्नेछ ।

खेलमा अग्रता भने काठमाडौंले जुनियर एन्कुन्गेको गोलमा लिएको थियो । लगत्तै काठमाडौंले पेनाल्टीको अवसर पाएको थियो । डिबक्सभित्र मार्की खेलाडी हिसब थपलियालाई फल गरेपछि काठमाडौंले अग्रतालाई दोब्बर बनाउने अवसर पाएको थियो । तर बिरगञ्जका गोलकिपर तथा कप्तान दीप कार्कीले पेनाल्टीलाई रोके ।

पहिलो हाफको इन्जुरी समयमा विलियम ओपोकुको पेनाल्टी गोलमा बीरगञ्जले खेल बराबरी गरेको थियो । दोस्रो हाफमा भने बिरगञ्ज पूर्णत हाबी रह्यो । उसले काठमाडौंको पोस्टमा सुरुवातमै थप तीन गोल गर्यो ।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै बीरगञ्जलाई २–१ को अवस्थामा पुर्याएका थिए । त्यसपछि विलियमले ५५ औं मिनेटमा बीरगञ्जका लागि तेस्रो गोल गरे । त्यसको दुई मिनेटपछिनै विलियमले आफ्नो ह्याट्रिक पुरा गर्दै बिरगञ्जलाई ४–१ को जित दिलाए ।

जित सहित बीरगञ्ज ७ खेलबाट ८ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । काठमाडौं ९ अंक सहित पाँचौं स्थानमा यथावत छ ।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ७ : ३७ बजे

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र