पोखरासँग बराबरीमा रोकिएको धनगढी एनएसएलको प्लेअफमा « Khabarhub

पोखरासँग बराबरीमा रोकिएको धनगढी एनएसएलको प्लेअफमा


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा छनोट भएको छ । पोखरा थन्डर्ससँग १-१ गोलको बराबरी खेल्दै धनगढी प्लेअफमा छनोट भएको हो ।

दशरथ रंगशालामा भएको खेलमा मिलन राईको गोलमा अग्रता दिएको धनगढीले अग्रता कायम राख्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

शीर्ष स्थानको पोखरालाई हराउँदै धनगढीलाई पहिलो क्वालिफायरमा छनोट हुने अवसर थियो । तर बराबरीको नतिजासँगै पोखराले शीर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।

पोखरालाई हारबाट जोगाउन भने खेलको अन्तिम मिनेटमा मोसेस ग्याम्बाले हेडमार्फत गोल गरे ।

लिगमा शीर्ष स्थानको पोखराले १५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको धनगढीले ८ खेलबाट १३ अंक जोड्यो । आजै हुने दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्नेछन् ।

 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ०७ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका