यो साताका २० तस्बिर | Khabarhub Khabarhub

यो साताका २० तस्बिर


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहले निकै चर्चा पायो । युवा पुस्ताको पढ्न विदेश जाने रहरको चर्चासमेत दिक्षान्त समारोहसँगसँगै उठ्यो । यसबाहेक यो साताका तस्बिरमा चितवन राष्ट्रिय निकुञ्ज, परम्परागत प्रविधि, कृषि उत्पादन, हस्तकला, पर्यटन, विकास निर्माण, शिक्षा, बालबालिका, सुन्दर हिमाल, गाउँबस्ती, व्यवसायिक खेतीपाती, विवाह पञ्चमी र किशानको दैनिकीलाई समेटिएको छ । तस्बिरः रासस

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार आयोजना गरेको त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायका दीक्षित विद्यार्थी ।
चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा पालेका हात्ती चराएर ल्याउँदै माउते ।
म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाको सुन्तला बगैँचा । बास्कुनाका बासिन्दाले पुरै गाउँमा सुन्तला खेती गरेका छन् ।
चितवनको कालिका नगरपालिका १० जिङलाउमा चिउरीको बियाँ पेलेर घिउ निकाल्दै स्थानीय गोपाल प्रजाको परिवार ।
चितवनको कालिका नगरपालिका–१० स्थित पाइमाराङ खोलामा रहेको पानीघट्टमा मकै पिस्दै दमियो डाँडाका ७८ वर्षीय नरबहादुर प्रजा ।
तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रिङको सुन्तला बजार लैजान गरिएको व्यवस्थापन।
बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दूरमा रहेको यो गाउँले पर्यटक आकर्षण गरिरहेको छ ।
नेपाल हस्तकला महासङ्घले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित पाँचदिने हस्ताकला व्यापार प्रदर्शनीमा बिक्रीका लागि राखिएका सामग्री ।
बयालीस वर्षपछि सिन्धुलीगढीमा फर्किएको कालीतोप अवलोकन गर्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेललगायत सरोकारवाला ।
बिजुली बत्तीले झिलिमिली बनेको बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदी माथि निर्माण गरिएको झोलुङ्गे पुल । पर्यटक आकर्षित गर्न बागलुङ नगरपालिकाले पुलमा बत्ती जडान गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१३ स्थित मौलाकोटमा डुम्मरगाउँका सिरबहादुर पुनले व्यवसायिक रुपमा गरेको मौरीपालन । दश वर्षदेखी घोराहीमा व्यवसायिक रुपमा मौरी पाल्दै आएका पुनले भाडाको जग्गामा एक सय पचास घार मौरी चराउन लगेका हुन्।
सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ ओक्तेनमा धान र पराल छुट्याउन गोरु घुमाएर परम्परागत दाइँ गर्दै किसान । गोरु घुमाएर गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ र ७ जडने बास्तोला गाउँ वनपधेरो झोलुङ्गे पुलमा शनिबार घुम्न पुगेका आन्तरिक पर्यटकहरु ।
मुगु जिल्ला सोरु गाउँपालिका अन्तर्गत विजय मावि कालैका विद्यार्थीले न्यानो कपडा र स्कुल ड्रेस पाउँदा देखिएको खुसी ।
म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगिता ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ स्थित गोठीचौरमा कमानसिंह कुँवरले गरेको मौरीपालन व्यवसाय । उनको घरमा मुढे र आधुनिक गरेर सय वटा मौरीका घार छन् ।
विवाहपञ्चमीका दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शनार्थीको भीड।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा ।
सर्लाहीमा रहेको चिनी उद्योगहरुमा उखु क्रसिङ सुरु गरेपछि बयलगाडामा उखु बोकेर चिनी उद्योगतर्फ जाँदै बसबरिया गाउँपालिका धनगढाका उखु किसान ।

 

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ६ : ४४ बजे

जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद

सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र

महाधिवेशन नगरी निर्वाचनमा गए कांग्रेसलाई जनताले पत्याउँदैनन् : प्रदीप पौडेल (अन्तर्वार्ता)

काठमाडौं- नेपाली कांग्रेसमा अहिले संस्थापन पक्ष र इतरबीच ठूलो द्वन्द्व

किसानका दुख : उडायो सपना सबै झरीले… 

काठमाडौं– ‘आर्थिक सर्वेक्षण २०८१/०८२’ अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी)

फिलिपिन्समा सुपर टाइफुन हाइयानका कारण हजारौँ विस्थापित

एजेन्सी – फिलिपिन्सका तटीय प्रान्तहरूमा सुपर टाइफुन हाइयानको कारण सोमबार