साउदी प्रो लिग : अल नासरको सानदार जित « Khabarhub

साउदी प्रो लिग : अल नासरको सानदार जित


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार जित निकालेको छ । गए राति भएको खेलमा अल इत्तिफाकलाई ३–१ गोलले हराउँदै अल नासर विजयी भएको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डो, एलेक्स टेल्लेज र मार्सेलो ब्रोजोभिकले एक–एक गोल गरेका थिए । अल इत्तिफाकका लागि मोहमद अल कुवायकिबीले एक गोल फर्काएका थिए ।

यो जितपछि अल नासर १७ खेलबाट ४० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । पराजित भएको अल इत्तिफाक १८ खेलबाट २४ अंकसहित आठौँ स्थानमा छ ।

यस्तै, १८ खेल खेलेको अल हिलाल अहिलेसम्म अपराजित रहेको छ । अल हिलाल ५० अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ०८ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी