मानव तस्करीको आशङ्कामा ३०३ भारतीय बोकेको विमान फ्रान्समा रोकियो | Khabarhub Khabarhub

मानव तस्करीको आशङ्कामा ३०३ भारतीय बोकेको विमान फ्रान्समा रोकियो


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

पेरिस– संयुक्त अरब इमिरेट्स (युएई) बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआका लागि उडेको एउटा विमान फ्रान्समा अवतरण गराइएको छ । मानव तस्करी भएको आशङ्कामा विमान अवतरण गराएर अनुसन्धान थालिएको जनाइएको छ ।

एएफपीका अनुसार यी भारतीय यात्रुहरूको योजना मध्य अमेरिका जाने र अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने रहेको अनुमान छ ।

फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय सङ्गठित अपराध विरुद्धको एकाइ जुनाल्कोले घटनाको अनुसन्धानको जिम्मा लिएको छ । अनुसन्धान एजेन्सीले सबै यात्रुसँग सोधपुछ गरिरहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार युनिटले थप सोधपुछका लागि दुई जनालाई हिरासतमा लिएको छ। यति मात्र होइन भारतीय दूतावासको टोली घटनास्थल पुगेको छ । दूतावासले यात्रुको हित र सुरक्षा महत्वपूर्ण रहेको बताएको छ ।

रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सको ए ३४० विमान दुबईबाट निकारागुआका लागि उडेको थियो । यो पेरिसबाट १५० किलोमिटर पूर्वमा रहेको भात्री एयरपोर्टमा पार्क गरिएको छ। भात्री एयरपोर्टले प्रायः बजेट एयरलाइन्स सेवा गर्दछ।

फ्रान्स पुगेपछि यात्रुहरूलाई पहिले विमानमा राखिएको थियो तर त्यसपछि बाहिर निकालेर टर्मिनल भवनमा पठाइयो । प्रहरीले पुरै विमानस्थललाई घेराबन्दी गरेको छ ।

फ्रान्सेली अधिकारीहरूले विमानमा सवार व्यक्तिहरू मानव तस्करीको शिकार हुन सक्ने जानकारी प्राप्त गरेका थिए । लेजेन्ड एयरलाइन्सले यस घटनामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच, भारतीय दूतावासले अधिकारीहरू विमानस्थलमा पुगेको र फ्रान्सेली अधिकारीसँग सम्पर्कमा रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ४७ बजे

अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले

काठमाडौं – विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार कोशी

आर्थिक वर्षको पहिलो महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको औद्योगिक क्षेत्रमा

सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन : महासचिव पोखरेल

सिन्धुपाल्चोक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको

युक्रेन जोगाउन अमेरिकी सैनिक जाँदैन : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग युद्धरत युक्रेनको सुरक्षा