मानव तस्करीको आशङ्कामा ३०३ भारतीय बोकेको विमान फ्रान्समा रोकियो « Khabarhub

मानव तस्करीको आशङ्कामा ३०३ भारतीय बोकेको विमान फ्रान्समा रोकियो


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

पेरिस– संयुक्त अरब इमिरेट्स (युएई) बाट ३०३ भारतीय यात्रु बोकेर निकारागुआका लागि उडेको एउटा विमान फ्रान्समा अवतरण गराइएको छ । मानव तस्करी भएको आशङ्कामा विमान अवतरण गराएर अनुसन्धान थालिएको जनाइएको छ ।

एएफपीका अनुसार यी भारतीय यात्रुहरूको योजना मध्य अमेरिका जाने र अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने रहेको अनुमान छ ।

फ्रान्सेली स्थानीय सञ्चारमाध्यमका अनुसार फ्रान्सको राष्ट्रिय सङ्गठित अपराध विरुद्धको एकाइ जुनाल्कोले घटनाको अनुसन्धानको जिम्मा लिएको छ । अनुसन्धान एजेन्सीले सबै यात्रुसँग सोधपुछ गरिरहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार युनिटले थप सोधपुछका लागि दुई जनालाई हिरासतमा लिएको छ। यति मात्र होइन भारतीय दूतावासको टोली घटनास्थल पुगेको छ । दूतावासले यात्रुको हित र सुरक्षा महत्वपूर्ण रहेको बताएको छ ।

रोमानियाली कम्पनी लेजेन्ड एयरलाइन्सको ए ३४० विमान दुबईबाट निकारागुआका लागि उडेको थियो । यो पेरिसबाट १५० किलोमिटर पूर्वमा रहेको भात्री एयरपोर्टमा पार्क गरिएको छ। भात्री एयरपोर्टले प्रायः बजेट एयरलाइन्स सेवा गर्दछ।

फ्रान्स पुगेपछि यात्रुहरूलाई पहिले विमानमा राखिएको थियो तर त्यसपछि बाहिर निकालेर टर्मिनल भवनमा पठाइयो । प्रहरीले पुरै विमानस्थललाई घेराबन्दी गरेको छ ।

फ्रान्सेली अधिकारीहरूले विमानमा सवार व्यक्तिहरू मानव तस्करीको शिकार हुन सक्ने जानकारी प्राप्त गरेका थिए । लेजेन्ड एयरलाइन्सले यस घटनामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच, भारतीय दूतावासले अधिकारीहरू विमानस्थलमा पुगेको र फ्रान्सेली अधिकारीसँग सम्पर्कमा रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ४७ बजे

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा

भाइकिङ समाजको नयाँ रहस्य

एजेन्सी– डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि