खानेपानी कार्यालयका इन्जिनियरविरुद्ध ४ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

खानेपानी कार्यालयका इन्जिनियरविरुद्ध ४ लाखको भ्रष्टाचार मुद्दा


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर (आठौं तह) बसी अख्तर मोहम्मदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख रुपैयाँ बिगो दाबी गर्दै इन्जिनियर मोहम्मदविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

इन्जिनियर मोहम्मद खानेपानी आयोजनाको भुक्तानी दिएवापत सेवाग्राहीसँग लिएको ४ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।

घुससहित नियन्त्रणमा लिइएका इन्जिनियर मोहम्मदले खानेपानी आयोजनाको लागि निकासा भएकोमध्ये २० प्रतिशत रकम आफूलाई चाहिने भन्दै ४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले इन्जिनियर मोहम्मदविरुद्ध ४ लाख रुपैयाँ बिगोका अतिरिक्त भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) को देहाय (घ) बमोजिम ६ महिनादेखि १ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : ०४ बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक