रास्वपा सभापति लामिछानेलाई खोया हान्ने युवक १० दिन हिरासतमा रहने | Khabarhub Khabarhub

रास्वपा सभापति लामिछानेलाई खोया हान्ने युवक १० दिन हिरासतमा रहने


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा खोया हान्ने युवकलाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ ।

सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पोखराको एक सभामा बोल्दै गर्दा शनिबार लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाटले लामिछानेमाथि मकैको खोया प्रहार गरेका थिए ।

रास्वपा सभापति लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए । तर, प्रहरीले कसैको उजुरीका आधारमा नभइ प्रहरी प्रतिवेदनका आधारमा मुद्धा अगाडि बढाएको बताएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : २७ बजे

राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको

शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा

 महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय  

काठमाडौं– सरकारले स्विट्जरल्याण्डको जेनेभामा हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा

राप्रपा नेपालले राख्यो राजेन्द्र लिङ्देनसँग एकताको औपचारिक प्रस्ताव

काठमाडौं- समान विचार भएका राजनीति दल र शक्तिसँग सहकार्य र