अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री « Khabarhub

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएको बताए ।

उनले भने, ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।’ उनले भने, ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।’

लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनको दाबी थियो । अर्थतन्त्र सुधारोन्मुख छ स् अर्थमन्त्री
चितवन, १० पुस स् अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो ।

अर्थमन्त्रीले भन्नुभयो, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उहाँले भन्नुभयो, “यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।” लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उहाँले बताउनुभयो ।

अर्थमन्त्रीले भने, ‘लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।’ उनले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट पारे ।

सेयरबजार विस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्रीले घरजग्गा कारोबारमा पनि सुधार भएको बताए । अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न उनले आह्वान गरे । विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको भन्दै उनले विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १२ : ०१ बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा