प्रतिनिधिसभा निर्वाचनमा पराजित सिटौला र कोइराला कोशीबाट राष्ट्रियसभाका लागि सिफारिस « Khabarhub

प्रतिनिधिसभा निर्वाचनमा पराजित सिटौला र कोइराला कोशीबाट राष्ट्रियसभाका लागि सिफारिस


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीको नाम सिफारिस गरेको छ ।

कांग्रेस कोशी प्रदेशको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट आकांक्षीको नाम सिफारिस गरेको हो । निर्वाचनका लागि कांग्रेसले जिल्लाबाट आएका नामलाई क्रमैसँग राखेर केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको जनाएको छ ।

कांग्रेस केन्द्रीय समितिले यसअघि नै पुस १० गतेभित्र आकांक्षीको नाम पठाउन निर्देशन दिएको थियो । केन्द्रीय कार्य समितिले तीनजनाको नाम मागेकोमा प्रदेशबाट ६३ जनाको नाम सिफारिस भएको बुझिएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट झापाका कृष्णप्रसाद सिटौला र महिलातर्फ मोरङकी सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखेर पठाइएको छ । कांग्रेस प्रदेशले डा. मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, महेश आचार्य, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डा. डिला संग्रौला र रुक्मिणी कोइरालासहितको नाम केन्द्रमा पठाएको बताइएको छ ।

सिटौला र कोइराला प्रतिनिधिसभा निर्वाचन २०७९ मा पराजित उम्मेदवार हुन् । सिटौला झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देन र सुजाता मोरङ ३ मा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएका थिए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ५९ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न