एमाले र रास्वपाको टिप्पणी : प्रधानमन्त्रीको सम्बोधन समयको बर्बादी « Khabarhub

एमाले र रास्वपाको टिप्पणी : प्रधानमन्त्रीको सम्बोधन समयको बर्बादी


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अपराह्न करिब पौने घण्टा राष्ट्रका नाममा सम्बोधन गरे । उनले गरेको एकवर्षे समीक्षालाई विपक्षी दलका नेताहरुले भने समयको बर्बादी भनेका छन् ।

प्रधानमन्त्रीले गरेको सम्बोधनमा अत्मप्रशंसा मात्रै पाइएको एमाले नेताको प्रतिक्रिया छ । त्यस्तै, रास्वपा नेताको प्रतिक्रिया छ– प्रधानमन्त्रीले नीति कार्यक्रम ल्याएजसरी भाषण गरे ।

दाहाल सरकारको एक वर्ष देशको कालो दिनका रूपमा रहेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खबरहबलाई बताए । यस अवधिमा सरकारले नागरिकमा आशा जगाउने कुनै काम नगरेको उनले बताए ।

ताजा जनादेश बोकेर आएको सरकारको कामबाट जनतामा निराशा आउनु दुःखद भएको बर्तौला बताउँछन् । उनी भन्छन्, ‘निराशाको वर्षले हाम्रो देश १० वर्ष पछाडि धकेलिएको छ, कुनै पनि कोणबाट सकारात्मक देख्न सकिँदैन ।’

प्रधानमन्त्रीले जे कुरा भन्न खोजेको हो, त्यसलाई प्रमाणित गर्ने तथ्य र तथ्याङ्क नभएको बर्तौला बताउँछन् । विदेशी, लगानी कति भित्रियो, देश छाडेर जाने युवाको संख्या घट्यो कि बढ्यो, यसको तथ्याङ्क नै प्रधानमन्त्रीसँग नभएको उनी बताउँछन् ।

बर्तौला भन्छन्, ‘विदेशिने र आउनेको संख्या कति हो ? सडकमा किसानको समस्या कस्तो छ ? खुला सिमानाको समस्या कहाँ छ ? यो सबै प्रष्ट छ । प्रधानमन्त्रीले अनावश्यक आत्मरति गरेर समय बर्बाद पार्नुको सट्टा मैले केही काम गर्न सकिनँ, असक्षम भएँ भन्नुपर्ने थियो ।’

बर्तौलाले थपे, ‘देशको अर्थतन्त्र धराशायी छ । चालु खर्च थेग्नका लागि पनि समस्या छ । यो मेरा कारणले भएको हो भनेर प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ ।’

त्यस्तै, रास्वपा उपसभापति डोलप्रसाद अर्यालले पनि सरकारको एकवर्षको काम र प्रधानमन्त्रीको सम्बोधनप्रति असन्तुष्टि जनाए । प्रधानमन्त्रीले तेस्रो पटक नीति तथा कार्यक्रम ल्याए जसरी भाषण गरेको उनले बताए ।

सरकारको सबै काम तथ्यांकमा आउनुपर्ने रास्वपा नेता अर्याल बताउँछन् । अर्यालले खबरहबसँग भने, ‘अलि धेरै यो गर्नेछौँ, त्यो गर्नेछौँ भनेको देखियो । जनताले बुझ्ने गरी तथ्यांकमा एक वर्षभित्र हामीले यो–यो काम गर्‍यौं भन्नेखालको सम्बोधन हुनुपर्ने थियो ।’

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : ४७ बजे

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल